मंगलबार , जेठ ७, २०८२

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेर आरोपी पक्राउ गर्न थालेपछि तरंग आएको छ । यो प्रकरणमा मुछिएका हाइप्रोफाइलहरुमै भागाभाग मच्चिएको छ । कतिपय हाइप्रोफाइल पक्राऊ रोक्न शक्तिकेन्द्र धाउन थालेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा योजनाकारको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी सीआइबीको हिरासतमा छन् । उनीहरुको कम्पनीसम्बन्धी मुख्य फाइल देखि लालपूर्जासमेत सीआइबीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

सुवेदी दम्पत्ति पुसको ठण्डीमा पक्राउ परेसँगै यो प्रकरणसँग जोडिएकाहरुको भागाभाग मच्चिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त दीप बस्न्यातले देश छाडेका छन् । उनी भारत पुगेको बुझिएको छ । बस्न्यातमाथि सरकारको सचिव हुँदा ललिता निवास प्रकरणमा भूमिका खेलेको आरोप छ ।

अर्का आरोपी शोभाकान्त ढकालकी पत्नी उमा ढकाल पनि फरार छिन् । अर्का आरोपी मीनबहादुर गुरुङ पनि सीआइबीको खोजीमा परेका छन् ।

ललिता निवास प्रकरणमा सीआइबीले २०७७ मा वृस्तृत अनुसन्धान गरी १४३ रोपनी जग्गा हिनामिना भएको भन्दै ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

सरकारले सुवर्ण शमशेर र उनका आफन्तको नाममा रहेको जग्गा मुआब्जा लिएर २४ जेठ २०२२ मा अधिग्रहण गरेको थियो । तर, २०४९ सालमा राजकाज मुद्दा लागेपछि निर्वासनमा गएका सुवर्ण शमशेरको १२ रोपनी जग्गामात्र राष्ट्रियकरण गरिएकोमा सबै राष्ट्रियकरण गरिएको देखाएर २०४९ मा जग्गाका भोगाधिकारीले आफ्ना नाममा पारेको पत्ता लागेको थियो । त्यसपछि २०४९, २०६२, २०६६, २०६७ र २०६९ मा किर्ते गरी जग्गा व्यक्तिको नाममा लगिएको अनुसन्धानबाट खुलेको थियो ।

सरकारी जग्गा व्यक्तिको नाममा गराएवापत कर्मचारी देखि शक्तिशाली व्यक्तिहरुले २२ रोपनी जग्गा दामासाहीले बकस पाएको खुलेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा सीआइबीले तत्कालीन मन्त्री विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, छविराज पन्त सञ्जय साहलाई पनि आरोपी ठहर गरेपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो । १७५ जनाविरुद्ध मात्र मुद्दा दायर गरेर ३२५ जनाविरुद्ध मुद्दा दर्ता गरिएन ।

अख्तियारले १७५ जनाविरुद्ध मुद्दा दर्ता गर्दा २० अर्बको बिगो दाबी गरेको थियो । ११० जनाविरुद्ध भ्रष्टाचार मुद्दा र ६५ जनाविरुद्ध जग्गा जफतको मुद्दा दायर भयो । जसमा ३ पूर्वमन्त्री र ३ पूर्वसचिव पनि परे ।

सबैभन्दा बढी बिगो दाबी रामकुमार सुवेदी र शोभाकान्त ढकालविरुद्ध गरियो । त्यसपछि मीनबहादुर गुरुङविरुद्ध बिगोदाबीसहित मुद्दा दायर भयो ।

तत्कालीन सचिवहरु छविराज पन्त, दीप बस्न्यात र दिनेशहरि अधिकारीविरुद्ध पनि मुद्दा दायर भयो ।

ललिता निवास प्रकरणसँग जोडिएको विषयमा मन्त्रिपरिषदले निर्णय गर्दा पहिलोपटक माधवकुमार नेपाल र दोस्रोपटक डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

उनीहरुसँग बयान लिएपनि मन्त्रिपरिषदको नीतिगत निर्णयहरु अख्तियारको क्षेत्राधिकारभित्र पर्ने नदेखिएको भनियो । यसविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने सर्वोच्च अदालत पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP