मंगलबार , बैसाख २९, २०८३

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाएर रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

अध्यक्ष बस्नेतका अनुसार बैठकले राष्ट्रिय महाधिवेशनको मिति ताक्नुको साथै प्रदेश र जिल्ला अधिवेशनको मिति पनि निर्धारण गर्नेछ । चौतारीले आगामी फागुनभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहित काम अगाडि बढाएको अध्यक्ष बस्नेतले बताए ।

बैठकको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अपरान्ह ३ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा प्रचार विभाग उपप्रमुख विष्णु रिजालको पनि उपस्थिति रहने छ ।

केन्द्रीय कमिटी बैठकमा देशभरबाट केन्द्रीय कमिटी सदस्य तथा अतिथीहरुसहित तीनसय बढीको सहभागिता रहने केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदिप आचार्यले बताए । प्रेस चौतारी रुपन्देही शाखाको आतिथ्यतामा बैठक हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP