सोमबार , भाद्र १५, २०८३

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेललगायत शीर्ष नेता महाधिवेशनस्थल पुगेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाही, नेकपा (माले)का महासचिव सिपी मैनाली र नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल पनि शुभकामना दिन कार्यक्रमस्थल पुगेका छन् । नेताहरूबाट शुभकामना मन्तव्य दिनेक्रम जारी छ ।

माओवादीले आजदेखि प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरेको तर शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठाँै राष्ट्रिय महाधिवशेनका रूपमा परिणत गरेको थियो । यसअघि माओवादीले सम्मेलन भएकाले अतिथिका रूपमा कसैलाई नबोलाउने निर्णय गरेको थियो । सम्मेलनलाई महाधिवशेनमा रुपान्तरण गर्ने निर्णय गरेसँगै माओवादीले नेपालमा क्रियाशील राजनीतिक दललाई आमन्त्रण गरेको हो ।

महाधिवशेनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गरे । कार्यक्रमको सञ्चालन अर्थमन्त्री एवं माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले गरेका छन् । उद्घाटन सत्रमा उपस्थितलाई स्थायी समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरेकी छिन् ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP