मंगलबार , बैसाख २९, २०८३

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई अभिनन्दन गरेकी छिन् ।

समाजकल्याण परिषद्, राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज शीतल निवासमा आयोजना गरेको समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसहित व्यक्तित्वलाई अभिनन्दन गरिएको हो । अभिनन्दित हुनेमा वरिष्ठ पत्रकार भैरव रिसाल, कृष्णा ताम्राकार, अर्थविद् हिमालय शमशेर राणा, शिक्षासेवी नानीमैया श्रेष्ठ, साहित्यकार भद्रकुमारी घले, कलाकार कालु कुमाले र वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की छन् ।

यस्तै विभिन्न क्षेत्रबाट ज्येष्ठ नागरिकका लागि सेवा दिने कलाकार मदनदास श्रेष्ठ, पूर्वसचिव कृष्णहरि बाँस्कोटा, पूर्वराष्ट्रसेवक मोहनबहादुर केसी, सामाजिक कार्यकर्ता प्रकाश गौतम, खेमराज उपाध्याय, बालकृष्ण थापामगर र जोगबहादुर महर्जनलाई सम्मानित गरियो ।

समारोहमा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकका ज्ञान, प्रेरणा, अनुभव र सीपलाई उच्च मूल्याङ्कन गर्दै समाजको उत्थान र मुलुकको विकासमा उनीहरुलाई उपयोग गर्न आग्रह गरीन् । उनले ज्येष्ठ नागरिकको सम्मानमा कुनै पनि आघात पुग्न नदिन र सरकारले तोकेको सुविधाको प्रभावकारी कार्यान्वयनका लागि लाग्न सबैमा ध्यानाकर्षण गराईन ।

अभिनन्दित व्यक्तित्व जोशीले जीवनलाई सत्यम्, शिवम्, सुन्दरम् बनाउने समय नै बुढ्यौली भएकाले ज्येष्ठ नागरिकले अरुसँग गुनासो नगरेर चिन्तनमनन्मा समय व्यतित गर्नुपर्ने बताईन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा एक १० शय्याको वृद्धाश्रम निर्माण भएको र त्यसलाई चाँडै सञ्चालनमा ल्याइने जानकारी दिईन् ।

कोषका सभापति वसन्तराज कार्कीले विसं २०५१ पुस ११ गते तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले मासिक रु १०० वृद्धभत्ता दिन शुरु गरेको दिनलाई गत वर्ष सरकारको निर्णयका आधारमा यस वर्षबाट दिवस मनाउन थालिएको बताए ।

सो भत्ता हाल मासिक रु चार हजार पुगेको छ । कार्यक्रममा ज्येष्ठ नागरिकबारे आयोजित कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP