मंगलबार , बैसाख २९, २०८३

जनमत पार्टीले गरेको सिरहा बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेका छन् । बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले सिरहाको नरहा गापा ३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ । जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ । उनीहरूले आन्दोलनमा घुसपैठ भएको भन्दै हामीलाई बदनाम गराउने तत्त्वले आगजनी गरेको जनाएको छ ।

झुटो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा बन्दको आव्हान नगरेको कारण सिरहाको जनजीवन बिहानैबाट तनावग्रस्त बनेको छ । बन्दका कारण आज बिहानैदेखि लहानसहित सिरहाको मिर्चैया, गोलबजार लगायतका बजार, पसल, कलकारखाना ठप्प छ भने राजमार्गमै सवारी साधनहरू रोकिँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

बन्द सफल बनाउन बिहानैदेखि जनमत पार्टीका नेता कार्यकर्ताहरू पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन छन् । बन्द खुलाउन प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको जनाएको छ । बन्द आव्हान गरेको जनमत पार्टीका कार्यकर्ताहरूले सिरहाको गोलबजार, मिर्चैया लगायतका स्थानमा दर्जन बढी सवारी साधनमा तोडफोड गरेका छन् । अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले प्रयास गर्दा मिर्चैयामा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको स्थानीयले बताएका छन् । बन्द सफल बनाउन हिँडेका एक दर्जन नेता कार्यकर्ताहरूलाई गोलबजार र मिर्चैयाबाट पक्राउ गरेको इलाका प्रहरीले जनाएको छ ।

सिरहाको औरही गाउँपालिकाले गहुँको बिउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बिउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा बन्दको आव्हान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP