सोमबार , भाद्र १५, २०८३

आजबाट नेकपा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ । काठमाडौंमा हुने महाधिवेशन उदघाटनमा प्रमुख दलका शिर्ष नेताहरुलाई निम्तो गरिएको छ ।प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुने निश्चित भएको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने या नहुने निश्चित भएको छैन ।

प्रचण्डले ओलीलाई महाधिवेशन उदघाटनमा ल्याउन आफै पहल गरेको बुझिएको छ । उनले ओलीसँग सम्पर्क गरी सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

नेकपा विभाजन भएपछि ओली र प्रचण्ड काँग्रेसको महाविधेशनको उदघाटनको दिन एउटै मञ्चमा देखिएका थिए । दुई नेताबीच भलाकुसारी समेत भएको थियो । यसलाई प्रचण्ड र ओलीबीचको सम्बन्धमा आइसब्रेक मानिएको थियो ।

ओली माओवादीको महाधिवेशन उद्घाटनमा सहभागी हुने सम्भावना भने कम छ । तर, पछिल्लो समय प्रचण्डसँग उनको सम्बन्धमा निकै सुधार भइरहेबाट सम्भावनालाई नकार्न भने सकिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP