मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ ।तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको छ ।
प्रदेश कमिटीको नेतृत्व चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि पार्टीले निर्वाचनमार्फत् नै नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो । राष्ट्रिय सम्मेलनलाई माओवादीले नयाँ नेतृत्व चयन, विचार र आगामी भावी कार्यदिशा चयनमा केन्द्रित हुने बताएको छ । सोहीअनुरूप अध्यक्ष प्रचण्डले सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा प्रस्तुत गरिसकेका छन्।

आगामी नेतृत्व चयनको विषयलाई लिएर माओवादीभित्र बहस शुरू भएको छ । अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरी अध्यक्षमा कुनै पनि नेताले दाबी नगर्ने भएपछि प्रचण्ड पुनः अध्यक्ष हुनुहुने भएको छ ।

२०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बनेका उनी २०५१ सालमा आएर माओवादी बनाएयता हालसम्म अध्यक्षको भूमिकामा रहेका छन् । प्रचण्डकै चाहानामा पार्टी अगाडि बढ्दै आएको छ । पार्टीभित्र एकछत्र राज गर्दै आएका प्रचण्डपछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा धेरै नेताहरूको दौडधुप चलेको छ ।

विशेषगरी अध्यक्षपछि महासचिव पदमा नेताहरूको आँखा परेको छ । कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेललगायतका नेताहरू महासचिव बन्ने दौडमा आन्तरिक गृहकार्यमा जुटेका छन् महासचिवमा प्रत्यासीले अध्यक्ष प्रचण्डसँग लविङ तीव्र बनाएका छन् ।

राष्ट्रिय सम्मेलनमार्फत माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेस गर्ने दाबी गरेको छ । शान्ति प्रक्रियामा आएसँगै २०६४ साल माओवादी देशकै ठूलो पार्टी बनेको थियो । तर, २०६४ यताको १६ वर्षको अवधिमा लामै विभाजनको शृंखला चलेको छ । माओवादीले कमजोर अवस्थामा रहेको पार्टीलाई पुनः विचारमा नयाँपन ल्याएर थप बलियो बनाउने नीति लिएको छ ।

खुला राजनीतिमा आएपछि माओवादी केन्द्रले २०६४, २०७० र २०७४ सालमा तीनपटक लोकतान्त्रिक निर्वाचन लडिसकेको छ । खुला राजनीतिमा आएपछि एक पटकमात्र महाधिवेशन सम्पन्न गरेको माओवादीले पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

माओवादीले २०६९ माघ २० देखि २६ गतेसम्म हेटौंडामा पहिलोपटक महाधिवेशन र त्यसपछि २०७१ वैशाख १८ देखि २३ गतेसम्म विराटनगरमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो ।

उक्त महाधिवेशन र सम्मेलनले सर्वसम्मत रूपमा प्रचण्डलाई अध्यक्षमा चयन गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP