सोमबार , भाद्र १५, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने निश्चित भएको छ । उनी ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन जाने निश्चित भएको हो ।विश्वस्त स्रोतका अनुसार देउवा गुजरातको गान्धीनगरमा २६ देखि २८ पौषमा हुने समिटमा सहभागी हुने गरी जानेछन् । उनले भारत भ्रमणमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

देउवाले मोदीको गृहराज्य गुजरातको समिटमा सहभागिता जनाउने गरी जाने तयारीलाई अर्थपूर्ण मानिएको छ । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

भारतीय पक्ष देउवाको भ्रमणको तयारीमा जुटेको छ । परराष्ट्र मन्त्रालय पनि भ्रमणको तयारीमा सक्रिय छ ।

नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा अर्को कार्यकालका लागि नेतृत्वमा निर्वाचित भएपछि भारत जाने तयारी गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP