मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक आन्दोलनमा जाने बताएका छन् । उनले आज माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई सम्बोधन गर्दै संविधान परिमार्जनका लागि आन्दोलनमा जाने बताएका हुन् ।प्रचण्डले शासकीय स्वरुपको मुद्दालाई जनपक्षीय बनाउने भन्दै संविधान संशोधनका लागि सडक आन्दोलन सम्म जाने बताएका हुन् । प्रचण्डले गणतन्त्र उल्टाउने षड्यन्त्र भइरहेको समेत औल्याए ।

यसै हप्ता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सडक आन्दोलनबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने बताएका थिए । त्यसलगत्तै प्रचण्डको पछिल्लो भनाई सार्वजनिक भएको हो । लिङ्देनको उदयलाई प्रचण्डले गम्भीरताका साथ लिएका छन् । उनले लिङ्देनतर्फ इंकित गर्दै काँग्रेस महाधिवेशन उदघाटनको दिन गणतन्त्र उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।

प्रचण्ड र लिङ्देनको सडक आन्दोलन गर्ने अभिव्यक्तिले देशमा गणतन्त्र र राजसंस्थाको टकराव सडकमै हुनसक्ने सम्भावना बढेको छ । प्रचण्ड धर्मनीरपेक्ष र गणतन्त्र जोगाउनुपर्ने बताइरहेका छन् । लिङ्देन राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका साथ सडमा जाने बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP