
प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी जनवरी दोस्रो हप्ता भारत भ्रमण गराउने तयारी भएको छ । जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत जाने तयारी भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो समिटमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रण दिइसकेका छन् । प्रधानमन्त्री देउवाले पनि निमन्त्रण स्वीकार गरिसकेको स्रोतको दाबी छ । तर मिति भने तय भइसकेको छैन ।भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएकाले सो समिट अन्तिम समयमा स्थगित हुने सम्भावना पनि रहेकाले देउवाको भ्रमणको मिति तयमा निश्चितता नभएको बालुवाटार स्रोतको भनाइ छ । देउवाको यो भारत भ्रमण राजकीय भने हुने छैन ।