सोमबार , भाद्र १५, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी जनवरी दोस्रो हप्ता भारत भ्रमण गराउने तयारी भएको छ । जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत जाने तयारी भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो समिटमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रण दिइसकेका छन् । प्रधानमन्त्री देउवाले पनि निमन्त्रण स्वीकार गरिसकेको स्रोतको दाबी छ । तर मिति भने तय भइसकेको छैन ।भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएकाले सो समिट अन्तिम समयमा स्थगित हुने सम्भावना पनि रहेकाले देउवाको भ्रमणको मिति तयमा निश्चितता नभएको बालुवाटार स्रोतको भनाइ छ । देउवाको यो भारत भ्रमण राजकीय भने हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP