सोमबार , भाद्र १५, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

विशाल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन्।’ वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत उनले बताए । जनताले नेपाली कांग्रेसलाई २७५ मा ६० र प्रत्यक्ष निर्वाचित १६५ मा २३ मा झारिदिएको उल्लेख गरे।

उनले गठबन्धन जनताको पीरमर्का सुन्न र विकासका लागि नभएको दाबी गरे। आज आयोजित विशाल जनसभामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँको नेतृत्व पार्टी प्रवेश गर्नुहुने हजारौँ नेता–कार्यकर्तालाई स्वागत उनले स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु, जालिम मियाँलगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP