शनिबार , जेठ ३२, २०८२

सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानीय तहका राजनीतिक पदाधिकारीको पदावधि सकिने भएपछि आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपिलयाले बुधबार धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’ मा सरकारले मिति नतोके पनि आयोग आफ्नो तयारीमा जुटेको जानकारी दिए ।

उनले स्थानीय सरकार रिक्त रहने परिकल्पना नगरिएको भन्दै स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु अगावै चुनावको तयारी भएको बताए । उनले आयोगले वैशाख २० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति सिफारिस गर्ने तयारी गरेकोसमेत बताए ।

निर्वाचन आयोगले हाल मतदाता नामावली संकलनको काम गरिरहेको छ ।

तर, हालसम्म सरकारले चुनावको मितिबारे भने कुनै छलफल अगाडि बढाएको छैन । ६ महिना पदावधि थप्न सकिने संवैधानिक व्यवस्था भएकाले आगामी वैशाखमै चुनाव हुनेमा आशंका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु