सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेको १०औं महाधिवेशनको उदघाटनमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पुगे । उनी नारायणी नदी तीरमा पुगेर लामो समय बसे र छोटो भाषण गरे । काँग्रेसको काठमाडौंमा भएको १४औं महाधिवेशन उदघाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगे ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग महिनौंपछि एउटै मञ्चमा देखिए । ओलीले देउवासँग मिलेर जान सकिने संकेत पनि सोही कार्यक्रममा गरे । उनले एमाले एक्लै नहिंड्ने सम्म भने । त्यसै दिन ओलीले देउवासँग मिलेर जाने संकेत गरेका थिए ।

अमेरिकी सहयोग सम्बन्धी एमसीसी संसदमा अगाडि बढाउने पहल भइरहँदा प्रचण्डले ओलीमाथि गठबन्धन फुटाउन खोजेको आरोप लगाए । ओलीले देउवालाई एक्लै सरकार चलाउन साथ दिने ससर्त प्रस्ताव गरेको विषय खुलाए । जसमा माओवादी र नेकपा एसलाई सरकारबाट हटाउने विषय रहेको उनको भनाई थियो । प्रचण्डको यो भनाई त्यसै आएको होइन ।

राजनीतिक घटनाक्रम यसरी बढिरहेको छ कि देउवाको प्रचण्ड र माधव नेपालसँग दूरी निरन्तर बढिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने विषयमा देउवा विरोधमा देखिएका छन् । प्रचण्ड र माधव नेपाल जबरालाई हटाउने पक्षमा भित्र भित्र देखिएका छन् । उनीहरु निकट कानुन व्यवसायीहरु बढी जबराविरुद्ध उभिएका छन् ।

अर्कोतर्फ, एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल देखिएका छन् । देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । ओलीले एमसीसीलाई आफ्नो राजनीतिक अस्त्र बनाएका छन् । एमसीसी पारित गर्न सर्तसहित तयार देखिएका छन् । एमसीसीकै मुद्दाले देउवा र ओलीलाई नजिक बनाउँदैछ ।

एमसीसी पारित गर्ने पक्षमा प्रचण्ड र माधव नेपाल नदेखिए ओलीको साथ लिएर देउवा अगाडि बढ्ने सम्भावना विकास हुँदैछ । ओली त्यही चाहन्छन् । यसकारण देउवाको ओलीसँग निकटता बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP