सोमबार , भाद्र १५, २०८३

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीतन्त्र दक्षिणपन्थी अवसरवादमा उभिएको, दक्षिणपन्थी भासमा भासिएको र विदेशी दलालको चाकरी गरेर बसेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचना गरेका छन् । अध्यक्ष नेपालले ओलीले राष्ट्रिय आत्मसमर्पणवाद नीति अवलम्बन गरेको, व्यक्तिवादमा रमाएको र गुटवादमा आफ्नो अस्तित्व देख्ने गरेको आरोप लगाए ।

पोखरामा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको गण्डकी प्रदेशस्तरीय वृहत् प्रशिक्षण कार्यक्रमलाई संम्बोधन गर्दै अध्यक्ष नेपालले निरंकुश प्रवृत्तिलाई बढवा दिएको, सामूहिकता, संस्थागत परिपाटी र छलफल र बहससँग मतलब नगरेको, अरूको राय विचार नसुन्ने, कसैको आलोचना सुन्ने धैर्यता नगर्ने ओलीतन्त्रलाई आफूहरूले सधैँका लागि परास्त गरेको बताए । ओलीतन्त्रका विरुद्धमा आफूहरू सङ्घर्षको मैदानमा उत्रिएर सबैलाई चुनौती दिने ओलीतन्त्रलाई आफूहरूले सत्ताबाट तल झारिदिएको र बादशाहलाई घोडाबाट झारे जसरी नै उन्मत्त रहेको ओलीतन्त्रलाई सत्ताबाट सडकमा झारिदिएको स्पष्ट पारे ।

उनले ओलीतन्त्रबाट मुलुक र जनताले मुक्ति पाएको भन्दै पाँच दलको गठवन्धन एक ठाउँमा उभिइरहने बताएका छन् ।

ओलीतन्त्रविरुद्ध वामपन्थी र लोकतान्त्रिक मूल्य र मान्यता आत्मसाथ गरेका पार्टीहरू एक ठाउँमा उभिएको भन्दै एमाले अध्यक्ष ओलीले पाँच दलीय गठवन्धन टुटाउन, फुटाउन विभिन्न जाल रचे पनि उनको त्यो सपना मात्र हुने स्पष्ट पारे ।

आफूहरूको अनुहार पनि नहेर्ने भन्ने एमाले अध्यक्ष ओलीले काँग्रेसको कार्यक्रममा आफूहरूको अनुहार हेर्दे हिँडेको भन्दै अध्यक्ष नेपालले व्यङ्ग्य गरे ।

ओली नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने तर अन्य ठाउँमा आफूहरूलाई छुवाछुतको व्यवहार गरेको भन्दै अध्यक्ष नेपालले दुखेसो पोखे ।

कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल, केन्द्रीय कमिटीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुषालले प्रदेशका विभिन्न तहका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा गण्डकीका करिब एक पाँच सय बढी नेता, कार्यकर्ता सहभागी भएको र एमाले परित्याग गरि १५० भन्दा बढी समाजवादी पार्टीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP