सोमबार , भाद्र १५, २०८३

नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् ।

काभ्रेपलान्चोकका दीननाथ गौतमलाई पराजित गर्दै सिन्धुपाल्चोकका पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्रै पाए ।
उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्षमा संगीता भट्टराईले जित हात पारिन् ।

१० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि बागमती प्रदेशको अध्यक्ष र पदाधिकारीका लागि पहिलोपटक गएराती चुनाव भएको हो । अरु प्रदेशमा माओवादीले सहमतिमा पदाधिकारी चयन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP