मंगलबार , बैसाख २९, २०८३

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ । सिंहदरवारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

लोसपा संसदीय दलका प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले पार्टी एमसीसीको पक्षमा उभिने निर्णय भएको र भोलि बस्ने संसदको बैठकमा सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ त्यसअनुसार पार्टी अघि बढ्ने बताए ।

हिजोको सर्वदलीय बैठकमा एमसीसीबारे भएको छलफलको विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले बिफिङ्ग गरेका थिए । सत्ता पक्षमै पनि एमससीको विषयमा स्पष्ट नरहेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए ।
बैठकमा संसदीय दलको नेताको विषयमा छलफल हुने भनिए पनि एजेण्डा नै नबनेपछि त्यसमा छलफल नभएको नेता कर्णले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP