सोमबार , जेठ ६, २०८२

देशका अधिकांश भू-भागमा आज (शुक्रबार)देखि हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानमा हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिमका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल बाग्मती र गण्डकी प्रदेशको पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहेको छ ।

केही दिन तापक्रम अझैँ घट्ने क्रममा रहेकाले चिसो बढ्ने भन्दै सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । चिसोका कारण पर्वतारोहण, हवाईसेवा, यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सुरक्षा-सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP