
गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारी लुम्बिनीमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव लुम्बिनी होटल संघले गर्न थालेको हो ।
लुम्बिनीको महिलवारमा पुस १६ र १७ गते खाना महोत्सवको आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी दिएको छ । गत वर्षहरुकै महोत्सवलाई निरन्तरता दिने गरी अहिले थप परिष्कृत र सावधानी अपनाउँदै महोत्सव गरिने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
सडक खाना महोत्सवमा बौद्धकालिन परिकारदेखि स्थानीयस्तरमा पाइने तथा तारे होटलहरुको परिकार उपलब्ध हुनेछ । महोत्सवमा लुम्बिनीका होटलहरूमा ५० प्रतिशत भन्दा बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पाहुनाले पाउने संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए ।