मंगलबार , भाद्र १६, २०८३

गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारी लुम्बिनीमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव लुम्बिनी होटल संघले गर्न थालेको हो ।

लुम्बिनीको महिलवारमा पुस १६ र १७ गते खाना महोत्सवको आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी दिएको छ । गत वर्षहरुकै महोत्सवलाई निरन्तरता दिने गरी अहिले थप परिष्कृत र सावधानी अपनाउँदै महोत्सव गरिने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

सडक खाना महोत्सवमा बौद्धकालिन परिकारदेखि स्थानीयस्तरमा पाइने तथा तारे होटलहरुको परिकार उपलब्ध हुनेछ । महोत्सवमा लुम्बिनीका होटलहरूमा ५० प्रतिशत भन्दा बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पाहुनाले पाउने संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP