
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित नेता गगन थापाले पार्टीलाई एकताबद्ध गर्ने र सुदृढ गराउनु आफ्नो कर्तव्य रहेको बताएका छन्।
महामन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘म समूहमा बसेर निर्वाचनमा लडे। म सिंगो पार्टीको महामन्त्री हुँ। पार्टीलाई व्यवस्थापन गर्ने मुख्य काम महामन्त्रीको हो।’
उनले एक दिन पनि चुक्ने र थाक्ने सुविधा आफूसँग नभएको बताए।