सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शेखर कोइरालाको दलित प्यानलबाट जीवन परिवार, शेरबहादुर देउवाको प्यानलबाट मानबहादुर विश्वकर्मा र स्वतन्त्रबाट गंगा सुनारले उम्मेदवारी दिएका छन् । यसैगरी, आदिवासी जनजाति तर्फबाट देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र कोइरालाको प्यानलबाट विकास लामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यस्तै, महिला क्लस्टरमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’र कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवारी दिएकी छिन् । अरु सहमहामन्त्रीको मतगणना भने भोलिमात्रै हुने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP