मंगलबार , बैसाख २३, २०८२

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको चुनावमा उपसभापति पदमा हारे पनि आफूले विजयी महसुश गरेको बताएकी छन् ।

‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु’, उनले उपसभापति पदमा पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै भनेकी छन् ।

उनले अगाडि भनेकी छन्, ‘मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ ।’

उनले देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका महिलाहरुको मुहारमा आशा र उत्साह देखेको भन्दै उनले यसले आफूलाई अझै हौसला थपेको बताएकी छन् ।

‘मैले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरूमा जुन हौसला देखेँ त्यसले निकट भविष्यमा महिला काँग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ’, उनले भनेकी छन्, ‘यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।’

उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित रहेको भन्दै पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गरेकी छन् । उनले सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल पनि गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP