मंगलबार , भाद्र १६, २०८३

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्न केही शक्तिहरु लागेको टिप्पणी गरेका छन् । उनले कुनै हालतमा नेपालसँगको सम्बन्ध तोड्न नदिने बताए ।

आज उत्तराखण्डको देहरादुनमा बोल्दै सिंहले भारत आवश्यक परे शीर झुकाउन तयार रहेको तर नेपालसँग सम्बन्ध तोड्न तयार नभएको बताए । उनले नेपालसँग भारतको विशेष सम्बन्ध रहेको उल्लेख गरे ।

‘केही शक्तिहरु भारतको नेपालसँगको सम्बन्ध बिगार्न चाहिरहेका छन्,’सिंहको भनाई उदृत गर्दै एएनआइले लेखेको छ,‘सरकारको प्रतिनिधिको हैसियतले म भन्न चाहन्छु कि यदि आवश्यक परे हामी शीर झुकाउँछौं तर नेपालसँगको सम्बन्ध तोड्न दिदैनौं ।’

सिंहले नेपालको सीमा समस्या रहेको भारतको उत्तराखण्डमा पुगेर नेपालसँगको सम्बन्धबारे बोल्नुलाई अर्थपूर्ण मानिएको छ । नेपालको भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा समस्या छ । नेपालले उक्त क्षेत्र नक्शामै राखेको छ । तर, भारतले उक्त क्षेत्र आफ्नो दाबी गर्दै नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP