सोमबार , जेठ ६, २०८२

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्न केही शक्तिहरु लागेको टिप्पणी गरेका छन् । उनले कुनै हालतमा नेपालसँगको सम्बन्ध तोड्न नदिने बताए ।

आज उत्तराखण्डको देहरादुनमा बोल्दै सिंहले भारत आवश्यक परे शीर झुकाउन तयार रहेको तर नेपालसँग सम्बन्ध तोड्न तयार नभएको बताए । उनले नेपालसँग भारतको विशेष सम्बन्ध रहेको उल्लेख गरे ।

‘केही शक्तिहरु भारतको नेपालसँगको सम्बन्ध बिगार्न चाहिरहेका छन्,’सिंहको भनाई उदृत गर्दै एएनआइले लेखेको छ,‘सरकारको प्रतिनिधिको हैसियतले म भन्न चाहन्छु कि यदि आवश्यक परे हामी शीर झुकाउँछौं तर नेपालसँगको सम्बन्ध तोड्न दिदैनौं ।’

सिंहले नेपालको सीमा समस्या रहेको भारतको उत्तराखण्डमा पुगेर नेपालसँगको सम्बन्धबारे बोल्नुलाई अर्थपूर्ण मानिएको छ । नेपालको भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा समस्या छ । नेपालले उक्त क्षेत्र नक्शामै राखेको छ । तर, भारतले उक्त क्षेत्र आफ्नो दाबी गर्दै नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP