सोमबार , जेठ ६, २०८२

नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्ने तयारी भइरहेको छ ।

बैठकमा नेपालको विषयमा छलफल हुने जनाइएको छ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन्।

पछिल्लोपटक दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर एमसिसी कार्यान्वयनका लागि उच्च राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर नेपालले एमसिसी तत्काल कार्यान्वनयमा नलगे यो परियोजना फिर्ता लैजाने बताएका थिए। एमसिसी सम्झौता कार्यान्वयनका लागि नेपालको संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान राखिएको छ।

संसद्को मंगलबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा सरकारले यसलाई पेस गर्ने संकेत गरे पनि निश्चित भइनसकेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP