सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा कोही पनि निर्वाचित भएनन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । तर, सभापतिको उम्मेदवार पाँचै जनाले बहुमत ल्याउन सकेनन् ।

चार हजार ६८१ मत गणना हुँदा शेरबहादुर देउवाले २२५८, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका छन् ।

अब शेदरबहादुर देउवा र शेखर कोइलाबीच पुनः निर्वाचन हुने पक्का भएको छ । पार्टीको निर्वाचन समितिका अनुसार आजै मदतान हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP