मंगलबार , अषोज २७, २०८३

शान्ता श्रेष्ठ
पूर्व शिक्षिका
श्री बालकुमारी उच्च माध्यमिक विद्यालय
नारायणगढ, चितवन

गणतन्त्र आयो खुशीयाली छायो ।
लोकतन्त्र आएन लुटतन्त्र आयो ।।बिधिको शासन आएन मनपरितन्त्र आयो
पूजिवाद,साम्राज्यवाद र तानाशाहले छायो।।

भुइमान्छेलाई न काम दियो न माम नै पायो।
क्रान्तिको कुरा गर्यो भ्रान्ति ल्यायो।।
देश मात्र लुटेन निमुखाहरुको पसिना पनि लुट्यो ।
कलकारखाना मात्र हैन, सहकारी नै सिध्यायो।।

एकजना शासकको ठाउँमा सयाैं शासक जन्मे।
देशको आधिपत्य माडबाडीको पोल्टामा सुम्पे।।
गाैशालाको धर्मशाला माडेको कमाई खाने भाँडो।
पैसामा बिक्ने सरकारको दम्भले देशै डुबायो।।

बृद्धभत्ता जन्ता फकाउने ललीपप भयो।
देशको युवाजनशक्ति खाडीमुलुकले खायो।।
देशको ठाउँ ठाउँको सिमाना मिचेर कहाँ पुर्यायो।
अमेरिका भन्दा जेठो देश नेपालको अबस्था खोइ कता हरायो।।

सत्य कहिल्यै ढल्दैन तानाशाही अब चल्दै चल्दैन ।
सहकारीको रकम सखाप पार्ने दुधको साक्षी बिरालो हुनै पाउदैन ।।
नेताहरुमा न सम्वेदनशीलता छ न उत्तरदायित्व नै छ।
तिनीहरूको उल्टो बाटो अब छिट्टै विस्फोट हुँदैछ।।

असह्य बेदनाले नेपाल आमा रोएको रोएै छ।
देशको सुन्दरता र बिबिधतालाई आमाको आँसुले छोपेको छोपै छ।।
निरीह निमुखालाई काम लाग्ने र घाम लाग्ने दिन कता गयो।
गरिब जन्ताको सपना नेताहरुको भागबण्डाले खायो।।

सुनलाई नखारी गहना बन्दैन ।
बगैंचामा बेर्ना नसारी फूलबारी हुँदैन ।।
छलकपटको अन्धकारलाई हटाउनै पर्छ।
देशका सपूत हो अमरपथमा हामी सबै लाग्नै पर्छ।।

Izzat media youtube मा अन्तर्बार्ता हेर्न नभुल्नु होला।
छिटै आउदै छ ।
Click here for Subscribe

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP