आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि निश्कर्षविहीन बनेको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निश्कर्षविहीन बनेको हो ।

कांग्रेसलाई उपनिर्वाचको उम्मेदवार टुंङ्ग्याउन सकस भएको छ । आजको बैठकमा छलफ भएको र कुनै निर्णयमा पुग्न नसकिएको पार्टी प्रवक्ता रामशरण महतले बताए । ‘भोलि फेरि बसेर निर्णय गर्ने कुरा भयो । भोलि ४ बजे बस्ने निर्णय भएको छ । आज चाहीँ छलफलमात्रै भयो,’– प्रवक्ता महतले भने ।

इलाम–२ का लागि उम्मेदवार चयन कांग्रेसका लागि थप पेचिलो बनेको छ । इलाम–२ बाट उम्मेदवारको आकांक्षी डम्बर खड्का, भेषराज आचार्य र नगेन्द्र कुमाल रहेका छन् । संस्थापनइत्तर पक्षले भेषराजको पक्षमा लविङ गरिरहेको छ भने सभापति शेरबहादुर देउवा खड्कालाई नै उम्मेदवार बनाउन चाहन्छन् ।

यसरी दुवै पक्षले आफ्नो अडान नछाड्दा मध्यमार्गी उम्मेदवार कुमाल हुनसक्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP