शनिबार , असार १३, २०८३

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्व मन्त्री रञ्जिता श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेकी छन् । रञ्जिताले आज दिउँसो ओली निवास बालकोटमा पुगेर भेटघाट गरेकी हुन् ।

सत्ता गठबन्धनमा सामेल हुने नहुने भन्नेबारेमा देखिएको विवादले उग्र रुप लिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का शीर्ष नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रीमान(श्रीमतीबीचको विवादका कारण पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।

रेशम चौधरी पनि ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बताइएको छ । उनी आजै साँझसम्म ओलीलाई भेट्न जाने कार्यक्रम रहेको बालकोट स्रोतले जनाएको छ ।

संघ र प्रदेश सरकारमा जाने नजाने भन्नेबारेमा नाउपामा रेशम र ञ्जिताबीच मतभेद देखिँदै आएको छ । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । तर, पछिल्ला दिनमा व्यक्रिगत सम्बन्धलाई नै असर पर्नेगरि यी दुई दम्पत्ति एकअर्काविरुद्ध एक्सनमा उत्रिएका छ्न ।

दुवै जनाले आफ्नो अडान नछाडेपछि पार्टी र पारिवारिक जिवननै संकटमा परेपछि अ‍ोली र प्रचण्डले मिलाउने प्रयास थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP