शनिबार , असार १३, २०८३

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आक्रोश पोखेका छन् । उनले मिडियाले कतिपय विषयमा प्रमाणित नै गरेजसरी समाचार लेख्ने गरेको भन्दै आक्रोश पोखेका हुन् । आज (मंगलबार) को संसद् बैठकमा भाग लिनको लागि संसद् भवन पुग्दा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा ? भनेर क्वेसन राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो।’

उनले कुनैपनि विषयमा प्रश्न उठ्दैमा दोषी नै प्रमाणित नहुनेतर्फ टिप्पणी गरे । मन्त्री लामिछानेले थपे,‘साथीहरु त पत्रकार नै होजस्तो लाग्छ मलाई, एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ ।’

उनले आफू सञ्चारमाध्यमको पृष्ठभूमिबाट आएकोले समाचारको कारखानामा कुन रंगका र कुन ढंगका समाचार छापिन्छन् भन्ने कुरा पूरा थाहा भएको बताए । उनले भने,‘प्रश्न उठ्दैमा आँत्तिनुपर्ने कुरा त केही पनि छैन् । जसले आएर उजुरी थमाईदिन्छ, जसले आएर जाहेरी थमाईदिन्छ, कागज थमाईदिन्छ, भएभरका सबै छानबिन गर्न सुरु गर्ने हो भने त्यसको लागि त्यस्तै किसिमको एउटा सम्झौता गर्नुपर्यो नि ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP