शनिबार , असार १३, २०८३

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेको छन् । प्रधानमन्त्री प्रचण्डसँग रञ्जिताले आज (मंगलबार) बिहान छलफल गरेकी थिईन् । रञ्जिता छलफलबाट बाहिरिएको केही घण्टापछि प्रधानमन्त्री प्रचण्ड भेट्ने रेशम पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र रेशम–रञ्जिताबीच सत्ता समीकरण र प्रदेश सरकारको विषयमा छलफल भएको थियो । सरकारमा सहभागी हुने वा नहुने विषयमा रेमश र रञ्जिताबीच विवाद कायम छ । रेशम र रञ्जिताबीचको विवादले नाउपा फुटको संघारमा पुगेको छ । हिजो (सोमबार) रञ्जिता पक्षधरहरुमाथि पार्टी कार्यालयमै हातपात भएपछि विवाद झनै चुलिएको छ । पार्टी कार्यालयमै हातपात भएपछि दुवै पक्षले एकअर्कालाई आरोप–प्रत्यारोप लगाउँदै पत्रकार सम्मेलन समेत गरे ।

रेमश केन्द्र सरकारमा अहिले सहभागी हुन नहुने अडानमा छन् । तर, उनी वर्तमान सुदूरपश्चिम सरकार जोगाइराख्न चाहन्छन् । रञ्जिता भने नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने अडानमा छिन् । रेशमको असहमतिबीच विद्रोह गरेर रञ्जिताले वर्तमान सरकारलाई विश्वासको मत दिएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP