मंगलबार , बैसाख ९, २०८२

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेको छन् । प्रधानमन्त्री प्रचण्डसँग रञ्जिताले आज (मंगलबार) बिहान छलफल गरेकी थिईन् । रञ्जिता छलफलबाट बाहिरिएको केही घण्टापछि प्रधानमन्त्री प्रचण्ड भेट्ने रेशम पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र रेशम–रञ्जिताबीच सत्ता समीकरण र प्रदेश सरकारको विषयमा छलफल भएको थियो । सरकारमा सहभागी हुने वा नहुने विषयमा रेमश र रञ्जिताबीच विवाद कायम छ । रेशम र रञ्जिताबीचको विवादले नाउपा फुटको संघारमा पुगेको छ । हिजो (सोमबार) रञ्जिता पक्षधरहरुमाथि पार्टी कार्यालयमै हातपात भएपछि विवाद झनै चुलिएको छ । पार्टी कार्यालयमै हातपात भएपछि दुवै पक्षले एकअर्कालाई आरोप–प्रत्यारोप लगाउँदै पत्रकार सम्मेलन समेत गरे ।

रेमश केन्द्र सरकारमा अहिले सहभागी हुन नहुने अडानमा छन् । तर, उनी वर्तमान सुदूरपश्चिम सरकार जोगाइराख्न चाहन्छन् । रञ्जिता भने नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने अडानमा छिन् । रेशमको असहमतिबीच विद्रोह गरेर रञ्जिताले वर्तमान सरकारलाई विश्वासको मत दिएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP