मंगलबार , बैसाख ९, २०८२

नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सीता मिजारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितहरुलाई ललिपप खुवाएर घर पठाएको भन्दै टिप्पणी गरेकी छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री लामिछानेले ३५ हजारभन्दा बढी सहकारी पीडितलाई न्यायको आश्वासनमात्रै दिएको बताएकी हुन् । सहकारी पीडितहरुको न्यायका लागि वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको उनको दाबी छ ।

‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगिएका ३५ हजारभन्दा बढी सहकारी पीडितहरुलाई न्याय दिलाउने आवश्वासन ललिपप खुवाएर घरर पठाउनु भयो । तर, तिनलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को पनि भाँच्न सकेको छैन,’– उनले भनिन् ।

सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई तत्काल पक्रिने आश्वासन दिएका गृहमन्त्री लामिछानेले अहिलेसम्म केही गर्न नसकेको उनको भनाइ छ । उनले जिबी राईलाई कहिले पक्रिएर दायरामा ल्याउनु हुन्छ ? भन्दै प्रश्न गरिन् ।

गृहमन्त्रीमाथि लागेको आरोपमा सरकारी निकायले दिएको स्पष्टीकरणको आधारमा उनले उन्मुक्ति पाउन नहुने मिजारको भनाइ छ । आरोप लागेका गृहमन्त्री लामिछाने छानविनको दायरामा आउनु पर्ने उनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP