आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गरेका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लटरपटर पार्ने, झुक्याउने र धैर्यता नभएकाहरु राजनीतिमा हाबी हुन थालेको बताएका हुन् ।

चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने जनताको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले दुरुपयोग गरिरहेको उनको भनाइ छ । उनले चेतनाको राजनीति गर्नेहरुले त्यस्ता प्रकारको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भने, ‘छट्टुहरु हावी हुन थाले । छुट्टुहरु के हुन्छभने आउँछ, लटरपटर पार्छ, झुक्याउँछ, यसो रङ्गरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु चाहिएको होईन, धैर्यता भएको, गति पनि भएको मान्छे चाहिएको हो । गति र मति दुवै भएको मान्छे चाहिएको हो । मति छ, गति छैन, गति छ मती छैन ।’

पछिल्लो समय रास्वपा सभापति लामिछाने र कांग्रेस महामन्त्री थापा एकअर्काविरुद्ध वाकयुद्धमा होमिएका छन् । केही दिनअघि लामिछानेले पनि थापाविरुद्ध विष वमन गरेका थिए । file Photo/RN

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP