मंगलबार , बैसाख ९, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गरेका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लटरपटर पार्ने, झुक्याउने र धैर्यता नभएकाहरु राजनीतिमा हाबी हुन थालेको बताएका हुन् ।

चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने जनताको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले दुरुपयोग गरिरहेको उनको भनाइ छ । उनले चेतनाको राजनीति गर्नेहरुले त्यस्ता प्रकारको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भने, ‘छट्टुहरु हावी हुन थाले । छुट्टुहरु के हुन्छभने आउँछ, लटरपटर पार्छ, झुक्याउँछ, यसो रङ्गरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु चाहिएको होईन, धैर्यता भएको, गति पनि भएको मान्छे चाहिएको हो । गति र मति दुवै भएको मान्छे चाहिएको हो । मति छ, गति छैन, गति छ मती छैन ।’

पछिल्लो समय रास्वपा सभापति लामिछाने र कांग्रेस महामन्त्री थापा एकअर्काविरुद्ध वाकयुद्धमा होमिएका छन् । केही दिनअघि लामिछानेले पनि थापाविरुद्ध विष वमन गरेका थिए । file Photo/RN

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP