मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको सरकार बनाएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल शक्तिको इपिसेन्टर बने । नेकपा (एमाले) फुटाएर नयाँ पार्टी बनाएपछि एकअर्काको आरोप–प्रत्यारोपमा उत्रिएका केपी शर्मा ओली र माधव नेपालबीचको संवादहीनता अन्त्य भयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारमा सहभागी हुनलाई निकै बार्गेनिङ गरे । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन ओली, प्रचण्ड दुई दिनसम्म विहान बेलुकै माधव निवास कोटेश्वर पुगे । नेपाल निवास कोटेश्वर निर्णायक शक्तिको इपिसेन्टर नै बन्यो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोलीसमेत माधव नेपाल फकाउन कोटेश्वर पुगे ।

अन्ततः उनी ओली–प्रचण्डसँग सहकार्यका लागि तयार भए । उनी ओली–प्रचण्डसँग सहकार्यका लागि तयार हुनुको अन्तर्य भने एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले खुलासा गरेका छन् । प्रमुख सचेतक चौधरीका अनुसार एकीकृत समाजवादीलाई राष्ट्रिय सभाको उपाध्यक्ष, केन्द्र सरकारमा अझैं एक जना मन्त्री, सबै प्रदेशमा मन्त्री, एउटा प्रदेशमा मुख्यमन्त्री र माधव कुमार नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउने सहमती बनेको छ ।

प्रमुख सचेतक चौधरीले यतिधेरै पदको सहमती भएपनि कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त नरहेको उनले बताए । नेता चौधरीले वर्तमान सरकार ओली–प्रचण्डकै कारण ढल्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP