शनिबार , असार १३, २०८३

काठमाडौंँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादीको उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराले आज (बिहीबार) सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् । उनी चैत ५ मा रुपन्देहीबाट पक्राउ परेका महरा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरासँग बयान लिइरहेको छ । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरुले बुधबारबाट जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिएका हुन् ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरुले उनलाई प्रश्न गरेका छन् । भेप प्रकरणमा बयान दिँदा महरा भक्कानिएका छन् । ‘बयानको क्रममा उहाँ भक्कानिनु भयो, अनुसन्धानमा संलग्न एक जना अधिकृतले सुनाए । महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

‘भेप’ मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ । भेप प्रकरणमा यसअघि प्रहरीले संगठित सुन तस्करी गरेको कसुरमा अनुसन्धान गरेको थियो । सो मुद्दामा महरालाई पनि प्रहरीले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्नसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP