मंगलबार , अषोज २७, २०८३

बाग्लुङका चन्द्र खत्रीको जीवन रक्षाको लागि अपिल

बाग्लुंग नगरपालिका – १३, बलेवा पैयुँपाटा घर भएर हाल डार्विन, अस्ट्रेलियाको रोयल डार्विन हस्पिटलमा आकस्मिक रुपमा भर्ना भएका चन्द्र बहादुर खत्रीको जीवन रक्षाको लागि परिवारले आर्थिक सहयोगको याचना गरेको छ ।

उहाँलाई तेस्रो चरणको सिग्नेट रिङ्ग सेल कर्सिनोमा (अति छिटो फैलिने किसिमको पेटको क्यान्सर) भएको पुष्टी भए पश्चात उनको परिवारमा दुःखको अर्को बज्रपात परेको उनीकी श्रीमति परिश्मा जंगमले जनाएकी छन् ।

यसअघि उनको छोरा किर्तन श्री केसीको ३१ डिसेम्बर २०२३ मा कान्ति बाल अस्पतालमा ७ बर्षको कलिलो उमेरमा निधन भएको थियो ।

किर्तनको विगत ५ बर्षसम्म २ पटक मष्तिष्कको शल्यक्रिया (हेमीस्फेरेक्टोमि) गर्दा पनि रेस्मुस्सेन इन्सेफेलाइटिस (स्नायु केन्द्रित रोग) को कारणले निधन भएको थियो ।

परिश्मा चाल्र्स डार्विन विश्वविद्यालयमा अध्ययनरत छन् । उनले आफ्नो परिवारमा परेको चरम बज्रपातको संकटको घडीमा सहयोगको लागि याचना गर्न बाध्य भएको बताएकी छन् । उनको उपचारको लागि १ लाख ५० हजार डलर लाग्ने अनुमान गरिएको छ । हाल सम्म ४० हजार डलर जम्मा भैसकेको छ ।

परिश्माले आफ्नो अपिलमा ‘एक स्वबिलाम्बी महिलालाई यसरी हात फैलाएर सहयोगको लागि याचना गर्न निकै कठिन हुँदो रहेछ तर मसंग मेरो श्रीमानलाई बचाउने अरु माध्यम छैन । हामीले हामीसंग भएको लगभग सम्पूर्ण सम्पति पछिल्लो पाँच वर्षमा छोराको उपचारको क्रममा नेपाल र पटक पटक भारतका महंगा अस्पतालहरुमा सकिसकेको हुँदा हाम्रो आर्थिक अवस्थाले मेरो श्रीमानको थप उपचार खर्च जोहो गर्न असम्भव रहेको’ बताएकी छन् ।

‘मेरो विद्यार्थी स्वास्थ्य बिमा (बुपा इन्सुरेन्स) ले मेरो श्रीमानको सम्पूर्ण उपचार खर्च नव्यहोर्ने भएको हुँदा उहाँको उपचारमा व्यक्तिगत हजारौ डलर खर्च लाग्छ। उपचारको क्रममा ४ साइकल केमोथेरापी गरि शल्यक्रिया गरी पुन ४ साइकल केमोथेरापी गर्नुपर्ने योजना मलाई चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’

‘हामी श्रीमान श्रीमती दुवैजना अस्ट्रेलियाको ओल्ड एज केर होममा कार्यरत थियौ तर छोराको मृत्यु पश्चात श्रीमानको बिचल्ली अवस्थाको कारण यस बिपतमा काम गर्न सक्ने अवस्था रहेको छैन किनभने अस्पताल तथा घरमा २४ घण्टा ७ दिननै व्यस्त रहनुपर्ने बाध्यता रहेको छ । हाम्रो हासीखुशी जीवनमा परेको बज्रपातको कारण म निकै स्तव्ध र मानसिक तनावमा रहेको छु, तसर्थ म यहाँहरु समक्ष मेरो श्रीमानको जीवनको याचना गर्दछु ।’

‘यहाँहरुको जस्तोसुकै सहयोगले पनि मेरो श्रीमानको उपचारमा सहयोग पुग्ने र क्यान्सर संगको उहाँको लडाईमा साथ दिने भएकोले सहयोगको लागि मनैदेखि गुहार माग्दछु साथै यहाँहरुले आफ्नो सामाजिक संजालहरुमा मेरो याचना र गुहार सक्दो फैलाईदिनुहुन निवेदन गर्दछु । हाम्रो परिवारमा परेको दुखद समयमा यहाँहरुको सहृदयी सहयोग र साथको मेरो र मेरो परिवारको जीवनमा महत्वपूर्ण भूमिका रहेको हुँदा यहाँहरुको सहयोगको अपेक्षासहित मनैदेखि कृतज्ञता व्यक्त गर्दछु ।’

कसरी गर्ने सहयोग ?

यहाँ गोफण्डमा गएर किलिक गर्नुहोला ।https://gofund.me/087f1bf3

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP