बुधबार , बैसाख १०, २०८२

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता जग्गा हिनामिना प्रकरणमा प्रतिनिधि सभा सदस्य विनोद चौधरीमाथि छानविन भइरहेको बताएको छ । सीआईबीले प्रतिनिधि सभाका सभामुखलाई पत्र लेख्दै प्रतिनिधि सभा सदस्य चौधरीमाथि भइरहेको अनुसन्धानबारे जानकारी गराएको हो ।

‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’– सीआईबीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलेलाई लेखेको पत्रमा भनिएको छ ।

बाँसबारी छाला जुत्ता कारखाना लि को दस रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको गरी ठगी भएको सीआईबीले बताएको छ ।

यसअघि सोही प्रकरणमा विनोदका भाइ अरुण पक्राउ परेका थिए । उनलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । विनोदका भाइ अरुणमाथि पनि उक्त जग्गा प्रकरणमा छानविन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP