सोमबार , भाद्र १५, २०८३

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता जग्गा हिनामिना प्रकरणमा प्रतिनिधि सभा सदस्य विनोद चौधरीमाथि छानविन भइरहेको बताएको छ । सीआईबीले प्रतिनिधि सभाका सभामुखलाई पत्र लेख्दै प्रतिनिधि सभा सदस्य चौधरीमाथि भइरहेको अनुसन्धानबारे जानकारी गराएको हो ।

‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’– सीआईबीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलेलाई लेखेको पत्रमा भनिएको छ ।

बाँसबारी छाला जुत्ता कारखाना लि को दस रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको गरी ठगी भएको सीआईबीले बताएको छ ।

यसअघि सोही प्रकरणमा विनोदका भाइ अरुण पक्राउ परेका थिए । उनलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । विनोदका भाइ अरुणमाथि पनि उक्त जग्गा प्रकरणमा छानविन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP