
धरान । सुनसरीको धरानमा अहिले व्याप्त खानेपानीको हाहाकारले मेयर हर्क साम्पाङ अहिले सम्म फेसबुकमा गरेको हल्ला गलत साबित भएको प्रदेश सभा सदस्य विजय राईले बताएका छन् । ‘सामाजिक सञ्जालमा कोकाहाबाट पानी ल्याएपछि धरानमा पानीको समस्या छैन भनेर जुन चर्चा गरियो त्यो गलत साबित भएको छ ।
’राईले भने, मेयर साम्पाङले ४२ किलोमिटर टाढा कोकाहा देखी ल्याएर धरानमा पानी छताछुल्ल बनाएको भनी युट्युबरहरू मार्फत गरेको हल्ला गलत भएको बताउँदै सांसद राईले मेयर साम्पाङ ओभर डिप्लोमेटीक भएर धरान बिगारेको आरोप समेत लगाए ।
@purbelinews