मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवसायीलाई अनावश्यक दुःख नदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई कडा निर्देशन गरेको बताएका छन् । आज (शनिबार) बाह्रखरी मिडियाद्वारा आयोजित गल्फ प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो सत्ता समीकरण फेरिएसँगै आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर ब्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्सहान गर्न र अनावश्यक दुःख हैरानी नदिन निर्देशन दिएको बताएका हुन् ।

‘पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर ब्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीहरुलाई अनावश्यक कुनै खाल्को दुःख नदिन कडा निर्देशन गरेको कुरा पनि म यहाँ व्यक्त गर्न चाहन्छु । नियम र कानुन पालना गरेर काम गरेको कुनै पनि व्यवसायीले त्रसित हुनुपर्ने स्थितिको अन्त्य हुनुपर्छ । म प्रधानमन्त्रीको हैसियतले ढुक्क हुन म अनुरोध गर्न चाहन्छु,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP