सोमबार , भाद्र १५, २०८३

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितका माग र मुद्दा सम्बोधन गर्नेगरि पहल थालेका छन् । उनले आफू सरकारमा नहुँदापनि यसअघि पीडितहरुलाई किन सरकारले यसरी दुःख दिएको भनेर प्रश्न गर्ने गरेका थिए । आँफैले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि लामिछानेले न्याय खोज्दै पैदल यात्रा तय गरेर काठमाडौं आएका पीडितहरुसँग चार बुँदे सहमति गरेका छन् ।

उक्त सहमतिपत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव रुद्र पण्डितले हस्ताक्षर गरेका छन् । उक्त सहमतिमा आगामी तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने पनि उल्लेख गरिएको छ । त्यसको लागि विभिन्न ९ विषयको कार्यादेश हुनेगरी क्याविनेटमा प्रस्ताव लैजाने कुरापनि उल्लेख छ । मन्त्रालयमा सहमति भएसँगै गृहमन्त्री लामिछाने पीडितहरु बसेको ठाउँमा पुगेरपनि सम्बोधन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP