सोमबार , जेठ २७, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेपछि आफूहरु बन्धनबाट मुक्त भएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गठबन्धन टुटेसँगै कांग्रेससँग सबै प्रकारका सम्भावनाको ढोका खुलेको बताए । कांग्रेसले उपयुक्त समयमा उपयुक्त निर्णय लिने उनको भनाइ छ । ‘माओवादीले भत्काएपछि सबैखाले सम्भावनाका निम्ति ढोका त खुल्यो,’– उनले भने ।

साथै,मिश्रित निर्वाचन प्रणालीको फाइदा उठाएर प्रधानमन्त्री प्रचण्डले च्याँखे थापेर ठूला दललाई तर्साएको बताए । उनले यसरी च्याँखे थापेर ठूला दललाई तर्साउनेलाई ठीक ठाउँमा ल्याउने बेला आएको उनको टिप्पणी छ ।

‘मिश्रित निर्वाचन प्रणालीको नाममा ठूला दलहरुलाई तर्साएर, च्याँखे थापेर खान पल्केकाहरुलाई ठीक ठाउँमा ल्याउने बेला आयो । यसलाई तर्साएर, कहिले उसलाई तर्साएर, कहिले यताको खाइदिउँ भनेको छ, कहिले उताको खाइदिउँ भनेको छ । यो तसाई तर्साई खानेहरुलाई अब तर्साउने दोकान पनि बन्द गर्दिन पर्छ,’– उनले भने ।

साथै, विवादित मन्त्रीहरुका बारेमा प्रतिपक्षमा हुँदा एमालेले उठाएको प्रश्नको चित्तबुझ्दो जवाफ नआएको उनको भनाइ छ । एमाले प्रश्नमात्रै उठाएर छाडेको भन्दै महामन्त्री थापाले अब ती प्रश्नको जवाफ खोज्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP