आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेपछि आफूहरु बन्धनबाट मुक्त भएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गठबन्धन टुटेसँगै कांग्रेससँग सबै प्रकारका सम्भावनाको ढोका खुलेको बताए । कांग्रेसले उपयुक्त समयमा उपयुक्त निर्णय लिने उनको भनाइ छ । ‘माओवादीले भत्काएपछि सबैखाले सम्भावनाका निम्ति ढोका त खुल्यो,’– उनले भने ।

साथै,मिश्रित निर्वाचन प्रणालीको फाइदा उठाएर प्रधानमन्त्री प्रचण्डले च्याँखे थापेर ठूला दललाई तर्साएको बताए । उनले यसरी च्याँखे थापेर ठूला दललाई तर्साउनेलाई ठीक ठाउँमा ल्याउने बेला आएको उनको टिप्पणी छ ।

‘मिश्रित निर्वाचन प्रणालीको नाममा ठूला दलहरुलाई तर्साएर, च्याँखे थापेर खान पल्केकाहरुलाई ठीक ठाउँमा ल्याउने बेला आयो । यसलाई तर्साएर, कहिले उसलाई तर्साएर, कहिले यताको खाइदिउँ भनेको छ, कहिले उताको खाइदिउँ भनेको छ । यो तसाई तर्साई खानेहरुलाई अब तर्साउने दोकान पनि बन्द गर्दिन पर्छ,’– उनले भने ।

साथै, विवादित मन्त्रीहरुका बारेमा प्रतिपक्षमा हुँदा एमालेले उठाएको प्रश्नको चित्तबुझ्दो जवाफ नआएको उनको भनाइ छ । एमाले प्रश्नमात्रै उठाएर छाडेको भन्दै महामन्त्री थापाले अब ती प्रश्नको जवाफ खोज्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP