बुधबार , बैसाख १०, २०८२

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो कदमलाई लिएर असन्तुष्टि पोखेका छन् । उनले प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया टुँगोमा पुर्याउनेगरि कदम नचालेको गुनासो पोखेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत बाबुरामले लेखेका छन्-

धूल चेहरे पर थी और मैं आइना साफ करता रहा”!गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम , प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न।

उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ- म बाॅचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे! अग्रगामी कि पश्चगामी उथलपुथल? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो?

जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रम हुॅदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन?शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टाॅसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ?
लाटो खान्छ एक बल्ड्यांग, बाठो खान्छ दश बल्ड्यांग नहोस्!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP