सोमबार , जेठ २७, २०८२

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूको गन्तब्य संघीय लोकतान्त्रिक गणतन्त्रमात्रै नभएर साम्यवाद भएको बताएका छन् ।

आज (सोमबार) सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालको आयोजनामा ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रि गणतन्त्र र आजको राजनीति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुको लक्ष्य र सपना वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्गविहीन, शोषणविहीन, देशविहीन साम्यवादमा पुर्याउने रहेको बताए ।

साथै, माओवादी शान्तसँग बस्न नसक्ने शक्ति भएको बताए । उनले आफूले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उथलपुथल ल्याउन सुझाव दिएको बताए । ‘माओवादी शान्त ढङ्गले बस्न नसक्ने शक्ति हो । आज यहाँ प्रचण्ड कमरेड पनि आउनु भएको छ । मैले त चलाउनुस् भन्ने सुझाव पहिलेदेखि कै हो । उथलपुथल पार्नपर्छ क्या,’– उनले भने ।

साथै, जनताहरु चिच्याइरहेको, युवाहरु छट्पटाइरहेको, श्रमिक समुदायहरु अन्योलमा परेको र देशभक्तहरु छट्पटाइरहेको भन्दै उनले माओवादी क्रान्तिकारीहरु चुप लागेर बस्न नसक्ने बताए । देशमा जनतालाई दुःख परेको बेला बलिदानी दिन सक्ने शक्ति कम्युनिष्टहरुसँग मात्रै रहेको बताए । उनले आफूहरुलाई रुढीवाद र पछ्यौटेपन स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP