आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका नेता रमेश लिङ्देनले उपनिर्वाचनमा उम्मेदवारी दिने उद्घोष गरेका छन् । इलाम–२ मा आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्य चयनका लागि हुन लागेको उपनिर्वाचनमा उनले उम्मेदवारी उद्घोष गरेका हुन् । कांग्रेसको पक्षमा परिणाम ल्याउन उक्त ठाउँमा आफू उपयुक्त पात्र भएको उनले बताए । नेता लिङ्देनले आफू इलाम–२ को सबै ठाउँका जनतासँग परिचित रहेकोसमेत बताए ।

‘यो विषय पार्टीलाई छोडिदिऊँ । पार्टीले दिने नदिने पार्टीको कुरा भयो । मेरो अपील र अनुरोध पार्टीलाई के हो भने यदि परिणाम निकाल्नु छ, नेपाली कांग्रेसको पक्षमा परिणाम निकाल्नु छ भने म उपयुक्त विकल्प हो । लगभग म चुनाव जित्छु । इलाम–२ को सबै ठाउँमा परिचित छु । गाउँमै बस्छु । भुईँ मान्छे नै हुँ । म परिणाम पार्टीलाई दिन्छु,’– उनले भने ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा इलाम–२ बाट निर्वाचित भएका नेकपा (एमाले) का नेता एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । साथै, एमालेले त्यहाँ स्वर्गीय नेता सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने सम्भावनाबारे चर्चा भइरहेको छ ।

@Source:RepotersNEpal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP