सोमबार , जेठ २७, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग प्रचण्डले वान टू वान वार्ता गरेका छन् । प्रधानमन्त्री भेट्न देउवा, ओली र नेपाल विहानै बालुवाटार पुगेका थिए ।

भेटमा संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउने विषयमा छलफल भएको भनिए पनि वान टु वान वार्ताले आशंका उब्जाएको छ । संक्रमणकालीन न्यायका विषयमा यसअघि संयुक्त रुपमा छलफल हुने गरेको थियो । प्रचण्ड पछिल्लो समय सत्तारुढ दल कांग्रेसबाट असन्तुष्ट छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीबाट माओवादीकी उम्मेदवार चम्पा कार्कीले ब्यहोर्नु परेको हार, कांग्रेस महासमिति बैठकमा जनयुद्ध र माओवादीबारे काग्रेसले प्रस्तुत गरेको धारणा र कांग्रेसका केही नेताहरुले निरन्तर सरकारका विरुद्धमा नकारात्मकता प्रदर्शन गरेको विषयलाई लिएर प्रचण्ड झस्किएका छन् ।

कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमालेलाई सरकारमा ल्याउने र विस्तारै वाम गठबन्धनमा सहभागी गराउने रणनीति प्रचण्डले अपनाएका छन् । कांग्रेस महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने विषयमा पनि ब्यापक छलफल भएको थियो । कांग्रेसको उक्त नीतिबाट पनि प्रचण्ड झस्किएका छन् । आगामी २०८४ को आम निर्वाचनसम्म एमालेलाई पनि वाम गठबन्धनमा सहभागी गराएर कांग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धाको परिस्थिति निर्माण गर्ने तयारीमा प्रचण्ड छन् ।

सरकारमा सहभागी हुनेबारे एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी उपमहासचिव वर्षमान पुनबीच लामो समयदेखि तयारी भएकोसमेत बताइएको छ । उपमहासचिव पुन र उपाध्यक्ष पौडेलबीचको वार्ता टोलीले सरकारमा सहभागी हुनेबारे मोटामोटी खाका तयार गरिसकेको बताइएको छ ।

यता कांग्रेस सभापति देउवा जुनसुकै मूल्य चुकाएर भएपनि अहिलेको गठबन्धन जोगाउने पक्षमा छन् । गठबन्धन तलमाथि नभए आगामी २२ महिनापछि देउवा प्रधानमन्त्री बन्नेछन् । यसरी केही समयपछि आफ्नो पोल्टामा आउन लागेको प्रधानमन्त्री पद गुम्न नदिने रणनीतिमा देउवा छन् । देउवाले यस पटक प्रधानमन्त्री बन्ने अवसर गुमाएभने उनी अब केहिल्यै प्रधानमन्त्री नबन्ने निश्चित प्रायः छ ।

उनी अहिले दोस्रो पटक सभापति छन् । कांग्रेसको विधानअनुसार उनले अर्को पटक सभापतिमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । अहिले पनि सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउन इत्तर समूह निरन्तर लागिरहेको छ । गगन थापा र विश्वप्रकाश शर्मा आफूलाई च्यालेन्ज गर्ने गरी पार्टीको १४औं महाधिवेशनबाट उदाएपछि देउवा थप संकटमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP