सोमबार , जेठ २७, २०८२

राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनलाई लिएर अहिलेदेखि नै कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको भविष्य नै संकटमा पार्नेगरि राष्ट्रियसभाको अध्यक्षमा आफ्नो दलले उम्मेद्वारी दिने निर्णय गराए ।

माओवादीको स्थायी कमिटीको बैठकले नै यस्तो निर्णय लिएपछि एमाले नेतृत्व भने उत्साही देखिएको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका नेताहरु भने अत्तालिएका छन् । अहिले कांग्रेस नेताहरुले नै वर्तमान गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरिरहेका छन् । सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले नै सत्ता गठबन्धनको स्थायित्वको बारेमा दाबी गरिरहेका छन् ।

कांग्रेसको महासमिति बैठकमा भएका छलफल र गत माघ ११ गते भएको राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसको असहयोगका कारण आफ्नो उम्मेद्वार पराजित भएपछि प्रधानमन्त्री प्रचण्ड बिच्किएका हुन् । उनले यो बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरेका छन् ।

ओलीले सत्ता–सहकार्यको लागि नै प्रस्ताव गरेपछि दाहालले अहिलेको गठबन्धनलाई भन्दा एमालेलाई बढि प्राथमिकतामा राखेका छन् । एमालेसँग सत्ता–सहकार्यमा नवीन समझदारी बने आफ्नो सत्ताको आयुपनि बढ्नसक्ने दाहालको दाउ छ । त्यहीभएर अहिले उनले एमालेसहित वामपन्थी एकताको लागि समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ लाई कान भरेर सक्रिय बनाएको चर्चा छ ।

विप्लवले मोर्चाको संयोजक बनेलगत्तै एमालेसहितका कम्युनिष्ट पार्टीलाई मोर्चामा सामेल बनाउनको लागि पत्राचार गरिने बताएका थिए । अहिले उनको सक्रियता पनि त्यहीअनुसार छ । हिजो साँझमात्रै उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन् ।

हिजै बिहान नेता खनालसहित विप्लवले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटेर लामो भलाकुसारी गरेका थिए । कतिपयले प्रधानमन्त्री प्रचण्डले एमालेसँग सम्वाद गरेर कांग्रेससँग बार्गेनिङ गरेको पनि भनिरहेका छन् । कतिपयले भने टिआरसी टुँगो लगाउने प्रचण्डको यो चाल भएको भनेका छन् । आजमात्रै पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग एक घण्टा लामो एक्लाएक्लै भेटवार्ता गरे । लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवापनि बालुवाटार छिरेका थिए ।

दाहालसँग देउवाको करिब ४० मिनेट भेटवार्ता भएको बताईएको छ । प्रधानमन्त्री दाहालको सचिवालयले टिआरसी टुँगो लगाउन छलफल भएको दाबी गरेपनि अन्तर्यमा भने सत्ता गठबन्धन जोगाउने र भत्काउनको लागि नै देउवा र ओलीको दौडधुप हो भनेर बुझ्न कठिन छैन् । अहिले वामपन्थीहरुबीच एकता हुनुपर्ने आवाज उठ्न थालेको छ ।

कतिपय एमाले नेताहरुले भने यसलाई बेमौसमको बाजाको संज्ञा दिएका छन् । कतिपयले भने अहिले नै कम्युनिष्टहरुले नसोच्ने हो भोलिका दिन कम्युनिष्टहरुको लागि सहज नहुने भनेर एकताको लागि झक्झकाउने पनि गरेका छन् । ओलीसँग प्रधानमन्त्री प्रचण्डले हिमचिम बढाएपछि सत्ता गठबन्धनको अर्को मुख्य घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भने दुःखी बनेका छन् ।

उनमा कतै प्रचण्ड र ओली मिल्ने हुन् कि भन्ने भय देखिएको भनेर पार्टी पँक्तिमा चर्चा हुन थालेको छ । एमाले अध्यक्ष ओली कुनैपनि हालतमा माधव नेपाललाई अहिलेको अवस्थामा प्रधानमन्त्री भएको हेर्न चाहँदैनन् । उनले पार्टी नै नभएको स्वतन्त्र सांसद कसरी प्रधानमन्त्री बन्छु भनेर भनिरहेको छ ? भन्दै माधव नेपाललक्षित कडा टिप्पणी गर्ने गरेका छन् ।

कांग्रेससहितको सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेको दुई वर्ष पुगेपछि माधव नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको छ । यसैलाई लक्षित गरेर ओलीले यस्तो टिप्पणी गरेको हुनुपर्छ । ओलीले अहिलेको गठबन्धन भत्काउनको लागि हदैसम्मको लचकता प्रस्तुत गरेका छन् ।

उनी प्रचण्डसँग सहकार्यको लागि जस्तोसुकै त्याग गर्नपनि तयार रहेको बुझिएको छ । ओली र दाहालबीच सहकार्यका लागि छलफल हुँदा झलनाथ खनाल भने खुशी र उत्साही छन् । उनी वामपन्थीहरु मिल्नुपर्ने पक्षमा छन् । र, आफूलाई त्यहीअनुसार सक्रिय बनाएका छन् । तर, माधव नेपाल भने ओली र प्रचण्डको भेटवार्ताको कारण बेचैन बनेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP