मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बोल्नै नपर्ने बेला कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे बोलिएको बताएका हुन् ।

‘जनयुद्धकै बारेमा अहिले बेमौसमको बाजा, बोल्नै नपर्ने बेलामा किन बोलेको हो ? भन्ने प्रश्न उठेको छ,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्तावमा माओवादीले भन्ने गरेको १० वर्षे जनयुद्धलाई ‘माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्व’ भनी उल्लेख गरिएको थियो । साथै, ‘अनाहक सशस्त्र हिंसाको राजनीति शुरु भयो’ भनेर माओवादी १० वर्षे सशस्त्र युद्धको औचित्यमाथि नै प्रश्न उठाइएको थियो ।

‘तत्कालीन उग्रवामपन्थीहरूले त्यो उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन् । कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति शुरु भयो । सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो । विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो । ध्वंश विध्वंशहरू भए । विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो । यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन,’– उपसभापति खड्काले पेश गरेको प्रस्तावमा भनिएको छ ।

महासमिति बैठकमा पेश भएको उक्त प्रस्तावलाई लिएर माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समेत प्रश्न उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP