आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टले स्थायी कमिटी बैठकको निर्णयले पार्टीलाई झनै कमजोर बनाउने बताएका छन् । आज (बुधबार) पार्टी स्थायी कमिटी बैठकले भट्टराई संसदीय दलको नेताबाट हटाउने निर्णय स्वीकृत गरेको थियो । साथै, सुदूरपश्चिम प्रदेश इन्चार्जमा गिरीराजमणि पोखरेललाई पठाएको प्रति व्यापक असन्तुष्टि जनाए ।

‘यो पार्टी आफ्नो ओरालो यात्रामा अगाडि बढिरहँदा २४० सिटबाट गिर्दै गएर ३२ सिटमा झरेको अवस्थामा पार्टी रुपान्तरण गर्नुपर्ने, पार्टीलाई विचार, राजनीति, संगठन र संस्कृतिको नयाँ तरिकाबाट अगाडि बढाउने पर्ने अवस्थामा यसले पार्टीको महाधिवेशन र ऐतिहासिक विधान सम्मेलनको स्पिरिटलाई उल्लङ्घन गरेको छ ।’ नेता भट्टले रिपोर्टर्स नेपालसँगको कुराकानीमा भने, ‘कार्यकर्तामा थोरै भएपनि पैदा भएको आशा र विश्वासलाई यसले समाप्त पार्ने आधार दिएको छ । यो प्रवृति र निर्णयका विरुद्ध सुदूरपश्चिमका लाखौं जनता र कार्यकर्ताको बलमा प्रतिवाद गर्ने मेरो योजना छ ।’

आज बसेको स्थायी कमिटी बैठक सुदूरपश्चिम माओवादी, आन्दोनका लागि र आफ्नो ३४ वर्षको राजनीतिक जीवनका लागि अभिश्राप बन्नेवाला रहेको उनले बताए । नेता भट्टले पार्टीको निर्णयप्रति आफ्नो लिखित र मौखिक असहमति दर्ज गरेको बताए । उनले उक्त निर्णयलाई ‘पार्टीलाई रसातलमा पुर्याउने डिजाइनअन्तर्गत गरिएको कर्म’ को संज्ञा दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP