सोमबार , भाद्र १५, २०८३

काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ गरिएकाहरुलाई मुद्दा चलाइने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्,‘अराज गतिविधिमा संलग्नहरुविरुद्ध मुद्दा चल्छ, अहिले छनोट गर्ने काम भइरहेको छ ।’

संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरुलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ । उनीहरुविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने भएको छ ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP