शनिबार , असार १३, २०८३

वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यलाई श्रदाञ्जली दिन यतिबेला प्रज्ञा प्रतिष्ठानमा मानिसहरु जम्मा भईरहेका छन् । सोमबार सँझ निधन भएका आचार्यको पार्विव शरीर बिहानदेखिनै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

आचार्यको पार्थिव शरिरमा प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओडाएर सम्मान अर्पण गरेका थिए । आचार्यलाई श्रदाञ्जली दिन प्रधानमन्त्री प्रचण्डसँगै पूर्व प्रधानमन्त्ती तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, नेता डा मिनेन्द्र रिजाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती लगायतका नेताहरु उपस्थित भएका थिए ।

आचार्यप्रति श्रदाञ्जली अर्पण गर्दै कांग्रेस महामन्त्री थापाले एक अध्यायको समाप्ती भएको बताए । ‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम आउने उहाँकै थियो’, उनले भने, ‘नेपाली संगीतालाई मैले केरै कुरा दिएँ भन्नेमा धेरै नै सन्तोष थियो होला । नेपाली संगीतलाई अझै निरन्तर दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुनुहुन्छ भन्ने सोच्नुभएको थियो ।’

एमाले अध्यक्ष आोलीले आचार्यको निधनले मूलुका लागि अपुरणीय क्षति पुगेको बताउँदै उनको योगदानको चर्चा गरे । आचार्यले देखाएको बाटोमा अन्य संगीतकर्मी पनि हिँड्नुपर्ने बताए । उनले भने, ‘नेपाली सांगीतिक जगतका एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याउनु हुने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो ।’

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यको निधनले आफूलाई निक्कै दुखित तुल्याएको बताए । सांगितिक क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउँदै दाहालले उनको उपचारमा लागेको आर्थिक रकमबारे सरकारको ध्यानाकर्षण भएको बताउँदै सरकारले केही गर्ने विश्वास दिलाएका छन् । ‘उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको बारेमा म परिवारका अन्य सदस्यहरु जो आफैं पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको धरोहर वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताए ।

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा उनीप्रति श्रद्धाञ्जलि अर्पणपछि मन्त्री किरातीले भने, “आफ्नो जिन्दगीमा हजारौँ पराजय ब्यहोरेर पनि इतिहासले नबिर्सिने व्यक्तिका रुपमा विजय हासिल गर्नुभएको छ, हामी कहिल्यै उहाँको योगदान भुल्ने छैनौँ ।”

मन्त्री किरातीले स्व आचार्यले जीवन्त गीत गाएर छाडेको भन्दै उनी बाँच्नेहरुका निम्ति आदर्श व्यक्तिका रुपमा रहने बताए। उनले आचार्यका नाममा नेपाल सरकारले केही काम गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, “उहाँ र उहाँको लोकप्रिय गीत–सङ्गीतलाई हामी कहिल्यै बिर्सने छैनौँ । उहाँको सच्चा श्रद्धाञ्जलिका निमित्त हामीले धेरै काम गर्नुपर्ने छ । नेपाल सरकार उहाँको योजना र उहाँले देखेको सपना पूरा गर्न सदैव साथमै छ ।”

आचार्यको ८१ वर्षको उमेरमा सोमबार निधन भएको थियो । आचार्य स्वरसम्राट नारायण गोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । ०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP