आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरे संसद् चल्न नदिने बताएका छन् । आज (आइतबार) मिटरब्याज पीडितहरुको आन्दोलनमा समर्थन जनाउन पुगेका लिङ्देनले यस्तो उद्घोष गरेका हुन् ।

सरकार ‘पीडितहरुको बोलिदिने कोही छैन, दुई/चार दिन कराउँछन्, जान्छन्’ भन्ने हिसाबले बसिरहेको उनले बताए । नेता लिङ्देनले आफू भुँइ मान्छे भएकाले पीडितहरुको कुरा बुझ्न सक्ने बताए । उनले पीडितको पीडा राप्रपाले राम्रोसँग अनुभूति गरेको उनको भनाइ छ ।

मिटरब्याज देशको साझा समस्या भएको उनको भनाइ छ । राप्रपाले मिटरब्याज पीडितहरुको माग र आन्दोलनलाई एकदमै नजिकबाट हेरिराखेको उनले बताए । आफूहरुले मिटरब्याज पीडितहरुको मागप्रति संसद्मा पनि ऐक्यवद्धता जनाएको विधेयक पास गर्नसमेत सहयोग गरेको अध्यक्ष लिङ्देनले बताए । विधेयक पास भएपछि समस्या समाधान हुनुभन्दा पीडितहरु झनै प्रताडित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘गएको संसद्मा हामीले तपाईँहरुको आन्दोलनप्रति ऐक्यवद्धता पनि व्यक्त गर्यौं । सरकारलाई न्यायका निम्ति माग पनि गर्यौं । छिटोभन्दा छिटो मिटरब्याज पीडित सम्बन्धि विधेयक पास गर्न पनि सरकारलाई सहयोग गर्यौं,’– अध्यक्ष लिङ्देनले भने ।

लिङ्देनसँगै राप्रपाका अन्य सांसद्हरु रोशन कार्की, धवल शमशेर जबरा, दीपक बहादुर सिंह, विना लामा, अनिशा नेपालीलगायतले मिटरब्याज पीडितहरुको प्रदर्शनस्थलमा पुगेर ऐक्यवद्धता जाहेर गरेका छन् ।

मिटरब्याज पीडितहरु गत बुधबार २३ दिन पैदल हिँडेर काठमाडौं केन्द्रीत आन्दोलनमा आइपुगेका थिए । उनीहरुको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि प्रदर्शनस्थल पुगेर ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP