शनिबार , असार १३, २०८३

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा.नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) बसेको न्याय परिषद्को बैठकले विवादमा मुछिएका न्यायाधीशद्वयलाई कारबाही गरेको हो । न्यायाधीशद्वयको बर्खास्तीका लागि सर्वोच्च अदालतमा पत्र पठाउने निर्णय भएको बताइएको छ ।

न्याय परिषद्ले विवादमा मुछिएका उच्च अदालतका एक जना र जिल्ला अदालतका तीन जना न्यायाधीशमाथि छानविन प्रक्रिया अगाडि बढाएको थियो । विवादमा मुछिएपछि जिल्ला अदालतका परशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन् । न्याय परिषद्ले परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ ।

न्यायाधीश थपलियाविरुद्ध निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने र मोलाहिजाको काम गरेको आरोप लागेको थियो । त्यसैगरी जिल्ला अदालतका न्यायाधीश निरौलाविरुद्ध अपहरण गरी फिरौती लिने समूहका अभियुक्तलाई मिलेमतोमा छाडेको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP